दफा ३३९
गुठी सम्पत्तिको लिखत गुठी सञ्चालकसँग रहने

(१) गुठी संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सम्पत्तिको स्वामित्व तथा भोगचलन सम्बन्धी लिखत, कागजाततथा त्यस सम्बन्धी अन्य सबुत प्रमाण सबै गुठी सञ्चालकको जिम्मामा रहनेछ र सार्वजनिक गुठीको हकमा त्यस्तो लिखत,कागजातको प्रतिलिपि गुठी सञ्चालकले पञ्जिकाधिकारी समक्ष दाखिला गर्नु पर्नेछ । तर पञ्जिकाधिकारीले नै स्वीकृतिदिने लिखत, कागजात वा प्रमाणको प्रतिलिपि निज समक्ष दाखिला गर्नु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमका लिखत, कागजात तथा प्रमाण गुठी सञ्चालक तथा पञ्जिकाधिकारीले सुरक्षित तवरले राख्नु पर्नेछ ।